भारत १० विकेटले विजयी

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । जिम्बाबे टूरमा रहेको भारतीय टिमले विहिबार सिरिजको पहिलो खेलमा जिम्बाबेलाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

जिम्बाबेले दिएको १९० रनको झिनो लक्ष्य पछाएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि ओपनर कप्तान शिखर धवनले अविजित ८१ र शुभमन गिलले अविजित ८२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ४०.३ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । खेलमा ७ ओभरमा २७ रन दिएर ३ विकेट लिएका भारतीय बलर दीपक चहर प्लेयर अफ द म्याच बनेका छन् ।

तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ भने अब सिरिजको दोस्रो खेल आगामी शनिबार हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *