बञ्चरेडाँडामा भइरहेका सबै अवरोध हटे, २८४ गाडीबाट फोहोर विसर्जन
२०७९ भदौ २ गते

काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जानकारी दिए ।
स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहोर खसेको जनाएकाे छ ।
२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








