१ सय १४ जना कलेजका विद्यार्थी ट्राफिक कारबाहीमा
२०७९ भदौ २ गते

फाइल
काठमाडाैँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज १ सय १४ जना चालकहरू कारबाहीमा परेका छन् ।
कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।
कारबाहीमा पर्नेहरूमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२, लापरबाहीका साथ सवारी साधन चलाउने ११, तीब्र गतिमा सवारी साधन चलाउने ८, हेलमेट नलगाउने ३, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारबाहीमा परेका छन् ।
२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








