नागरिकता विधेयकविरुद्ध संसद्अगाडि प्रदर्शन, ७ जना पक्राउ (तस्वीरसहित)
२०७९ भदौ २ गते

काठमाडौँ । नागरिकता विधेयकविरुद्ध संसद् भवन अगाडि प्रदर्शन भएको छ ।
देशभक्त युवा नेपालले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा प्रहरीले ७ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका प्रदर्शनकारीलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
सरकारले केही दिनअघि नागरिकता विधेयक दुवै संसद्बाट पारित गरेको थियो । संसद्बाट पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मै फिर्ता पठाएकी थिइन् ।

२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








