झोराहाटमा ‘मालिनी’ मञ्चन हुने

विराटनगर । झोराहाट नाट्य केन्द्रले रबिन्द्रथान टैगोरको नाटक मालिनी मञ्चन गर्ने भएको छ । यही भदौ ५ गतेदेखि ११ गतेसम्म नाटक मानिली मञ्चन गर्न लागेको हो ।

विश्व प्रसिद्ध र लोकप्रिय नाटक मालिनीले हिन्दु तथा बौद्ध धार्मिक विविधता बिच भएका माया तथा घृणामा आधारित रहेर तयार हुने आयोजकले जनाएको छ । झोराहाट नाट्य केन्द्रले विराटनगरमा पत्रकार सम्मेलन गरी नाटक मालिनी मञ्चन गर्ने बारेमा जानकारी गराएको हो ।

नाटकले धर्म, विश्वास, मित्रता, भक्ति, त्याग, क्षमा, निष्ठा, विश्वासघात तथा विभिन्न विषयहरू समेट्ने बताइएको आयोजकको भनाई छ । यो नाटक पाठ्यक्रममा पनि समावेश भएकोले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरेर नाटक प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक सुदिप कार्कीले जानकारी दिए ।

कार्कीको निर्देशन रहेको यस नाटकमा गोमा पौडेल, दीक्षा चौधरी, बिराज सापकोटा, प्रदीप सरदार, दीपक निरौला, अतीत निरौला, अनिल खत्री, सुरज माझी, जीवन बस्नेत, सञ्जय मुडियारी लगायतका कलाकारको भूमिका रहेको छ । यही भदौ ५ गतेदेखि ११ गतेसम्म मञ्चन हुने नाटक दैनिक तीन सोमा हुने निर्देशक कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *