सुनसरीमा दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर । सुनसरीका अलगअलग स्थानमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इनरुवा-दुहवी सडकखण्डअन्तर्गत दुहवी नगरपालिका-२ मा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सप्तरी रुपनीका अन्दाजी ३०/३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ११८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादव घाइते भएका थिए । उनको दुहवीस्थित जीवन ज्योति अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै कोशी लोकमार्गअन्तर्गत धरानमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धरान-८ विश्वकर्मा मन्दिरनजिक बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले ठक्कर दिएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका-११ का ३१ वर्षीय सुरज दाहालको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक इटहरी-११ का सन्तोष दाहाल घाइते भएका छन् । सामान्य अवस्थाका उनको उपचार जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *