बेलेपुरमा आगलागी, घरभित्रै जलेर पुरुषको ज्यान गयो

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ बेलेपुरमा बुधबार राति आगलागी हुँदा घरभित्र सुतिरहेका पुरुषको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार बालकृष्ण गिरीको घरमा राति ११ बजेतिर अचानक आगलागी भएको हो ।

आगलागी हुँदा घरभित्र सुतिरहेका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । मृतक श्रेष्ठ तीन दिनदेखि गिरीको घरमा बस्दै आएका थिए । उनी घरमा पेन्टिङ(रङ्ग लगाउने)को काम गर्थे । श्रेष्ठ प्रस्टसँग बोल्न र सुन्न नसक्ने खालको रहेको प्रहरीले जनाएको छ ।

गिरीकै घरमा बसेर उनले बनाएको नयाँ घरमा रङ्ग लगाउने काम गर्दै आएका श्रेष्ठको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुतिरहेका बेला घरमा आगलागी भएपछि बाहिर निस्कन नसक्दा घरभित्रै जलेर उनको मृत्यु भएको प्रहरीको भनाई छ । आगलागीबाट पुरानो घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद लगायत घरायसी सामान सबै जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणकालागि विराटनगर, इटहरी, सुन्दरहरैँचा र बेलबारीबाट चारवटा दमकल घटनास्थल पुगेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का प्रहरीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *