मोरङको सुनवर्षीमा सर्पदंशका कारण एक जनाको मृत्यु

विराटनगर । मोरङमा सर्पदंशका कारण एक जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका-९ डाइनियामा सर्पदंशका कारण बुधबार राति एक जनाको मृत्यु भएको हो ।

सर्पले डसेर सुनवर्षी-९ का २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाहिरबाट घर फर्कने क्रममा राति १२ बजेतिर उनको खुट्टामा सर्पले टोकेको खुलेको छ । उनलाई कुन सर्पले टोकेको हो भन्ने यकिन हुन बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए । त्यसलगत्तै उपचारका लागि रङ्गेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको डिएसपी श्रेष्ठको भनाइ छ । गर्मी मौसमसँगै पछिल्लो समय तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *