न्यायिक समितिका कार्यबारे अनुभव आदानप्रदान

विराटनगर । ताप्लेजुङका दुईवटा स्थानीय पालिका र विराटनगर महानगरपालिकाको बिचमा अनुभव आदान प्रदान गरिएको छ। न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेसँगै अनुभव आदान प्रदान गरिएको हो।

बुधवार ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख रीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गरेका हुन् ।

उनीहरूलाई महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले महानगरपालिकाले गरेको अभ्यासको बारेमा जानकारी गराइन् । सो क्रममा उपप्रमुख कार्कीले न्यायिक समितिसित जनताको ठूलो विश्वास रहेको बताइन् ।

न्यायिक समितिमा विभिन्न विवादका धेरै नै उजुरीहरू आउने गरेको बताउँदै उनले त्यसलाई हामीले छिटोछरितो रूपमा टुङ्ग्याउने गरेको उनले सुनाइन् । धेरै उजुरी आउनु भनेको न्यायिक समितिप्रतिको बढ्दो विश्वास पनि हो भन्ने ठानेको बताइन् ।

प्रदेश–१ कै एउटा मात्रै महानगर भएकाले उसले गरेका कामबाट आफूहरूले पनि केही सिक्ने मौका मिलेको फुङलिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक रीमादेवी ओझाको भनाइ थियो । आफूहरूले पनि न्यायिक समितिको कामलाई प्रभावकारी बनाइरहेको उनले बताइन् ।

न्यायिक समितिका चुनौती, अवसर, दायित्वलगायतका विषयमा अनुभव आदान प्रदान समेत गरिएको थियो । उनीहरूले महानगरको इजलासमा बसेर न्याय सम्पादन र छलफलको अवलोकन समेत गरेका थिए ।

महानगरको न्यायिक समिति सदस्य तीर्थेन्द्र नेउपाने, रूपा देउजा, कानुन अधिकृत शारदा थपलिया, फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख बमबहादुर भट्टराई लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *