कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निसु आइतबारका लागि सर्याे

२०७९ भदौ १ गते

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी मुद्दामा बुधवारका लागि निर्धारित निसु (निर्णय सुनाउने दिन) सरेकाे छ ।
बुधवार सुनुवाइका लागि सयम नपुगेपछि फैसला सुनाउने दिन आइतबारका लागि सरेको सर्वाेच्च अदालतले जनाएकाे छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासमा रहेको पेसी सरेको हो ।
कर्मचारी समायाेजन सम्बन्धी मुद्दामा झण्डै ९९ थान रिट रहेका छन् । गत साउन १७ गते नै सुनुवाइ सकेर अदालतले फैसलाका लागि वुधबारको मिति तोकेको थियो ।

२०७९ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित