महाभियोग सिफारिस समितिले चाेलेन्द्रविरुद्धकाे छानबिनका लागि कार्यविधि र कार्यतालिका बनाउने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ ।

सिंहदरबारमा बुधवार बसेको समिति बैठकले छानबिनका लागि कार्यविधि र कार्यतालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यविधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरूले महाभियोग प्रक्रिया छिटो भन्दा छिटो टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए । एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिनाभित्रमा नै टुङ्गोमा पुग्ने गरी काम गर्नुपर्ने बताए । उनले महाभियोगका विषयमा एमाले तटस्थ रहेको दाबी गरे ।

त्यस्तै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरू दस्ताबेजमाथि अध्ययन गरेर छलफललाई तीव्रता दिनुपर्ने धारणा राखे । उनले एक महिनापछि चुनावमा केन्द्रित हुनुपर्ने भएकाले छोटोमा काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै माओवादी सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरी समयमा नै निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि समितिले काम सुरु गरेको हो । साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवाविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *