चोलेन्द्र विरूद्धका २१ आरोपबारे अध्ययन सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरूद्धका २१ आरोपबारे अध्ययन सुरु भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोगबारे छलफलका लागि महाअभियोग सिफारिस समितिको बैठक सुरु भएकाे हाे ।

राणाविरूद्ध गत फागुन १ मा संसदमा महाअभियोग दर्ता भएको थियो। महाअभियोगका लागि २१ बुँदे आधार सत्तारूढ दलहरूले पेश गरेका थिए। राणाले लोकतन्त्र, मानव अधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायपालिकाको जगर्ना गर्न नसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाअभियोग दर्ता भएसँगै राणा निलम्बनमा परेका थिए। उनीमाथि लागेका आरोपबारे समितिले बुधबारबाट अध्ययन गर्ने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *