पूर्वाधार पत्रकार समाजकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज (सिज नेपाल)को अध्यक्षमा जीवनकुमार बस्नेत निर्वाचित भएका छन् । समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट बस्नेत भयन भएका हुन् । साथै अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । मंगलबार भएको प्रथम साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष बस्नेत नेपाल पूर्वाधार डट कममा कार्यरत छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा अन्नपूर्ण पोस्टमा कार्यरत सुनिता कार्की, सचिवमा नागरिक दैनिकमा कार्यरत हिमाल लम्साल छन् ।

त्यसैगरी सहसचिवमा आर्थिक अभियान दैनिकमा कार्यरत हिमा विक र कोषाध्यक्षमा बिजमाण्डु डटकममा कार्यरत दिनेश खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरूमा कान्तिपुर दैनिकमा कार्यरत विमल खतिवडा, कारोबार दैनिकमा कार्यरत दिपेन्द्र थापा, राष्ट्रिय समाचार समितिमा कार्यरत संचिता घिमिरे छन् । त्यसैगरी, अन्य सदस्यमा अर्थ टेलिभिजनमा कार्यरत प्रसन्न ढुंगाना, नेपाल टेलिभिजनबाट प्रसारण हुने पूर्वाधार परिवेश कार्यक्रममा कार्यरत विष्णु परियार र क्यापिटल नेपाल डटकममा कार्यरत शर्मिला न्यौपाने छन् । कार्यसमिति आगामी २ वर्षका लागि निर्वाचित भएको हो ।

साधारणसभामा हिमाल लम्सालले सचिवको प्रतिवेदन र दिनेश खड्काले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । यसअघि १८ माघ २०७८ मा नेपाल पूर्वाधार पत्रकार समाजको भेलाले बस्नेतकै नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । संस्थाको विधानअनुसार ६ महिनाभित्रै प्रथम साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ कार्यसमिति चयन गरिएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ११ फागुन २०७८ मा विधिवत रूपमा दर्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =