विभिन्न बहानामा घरभित्र छिरी डकैती गर्ने समूह पक्राउ

काठमाडाैँ । विभिन्न बहानामा सर्वसाधारणाकाे घरमा पसेर डकैती गर्ने समूह पक्राउ परेकाे छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त समूहका तीन जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेहरूमामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ का ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै बकैया ५ घर घई हाल काठमाडौंको जोरपाटी बस्ने ३५ वर्षीय सुशिल भन्ने बाबलाल थिङ रहेकाे अनुसन्धानका प्रहरी प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रातिको समयमा अर्काको घरभित्र पस्ने र परिवारलाई नियन्त्रणमा लिएर डकैती गर्ने गरेको अभियाेग छ ।

पछिल्लाेपटक उनीहरूले साउन २४ गते राति साढे १२ बजेतिर कीर्तिपुरका नारायण बस्नेतको घरमा पनि उनीहरुले डकैती गरेको खुलेको छ । धारिलो हतियार देखाई सुन तथा हिराका गरगहना समेत डकैती गरेको प्रहरीको आरोप छ ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ४२ हजार १०५ रुपैयाँ र डकैतीमा प्रयोग गरेको खुकुरी दुई थान, फलामको रड र मोटरसाइकल पनि बरामद भएकाे प्रवक्ता काेइरालाले बताए ।

डकैती गर्दा परिवारका सदस्यको हात बाँध्ने, मुखमा टेप लगाइदिने गरेको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *