माधव नेपाल राैतहटबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राैतहटबाट प्रतिनिधिसभाकाे चुनाव लड्ने भएकाे छन् ।

उनी आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका हुन् ।

चुनावमा उनका लागि रौतहट-१ नै सुरक्षित रहेकाले त्यहीबाट चुनाव लड्ने निर्णय भएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौँ–२ बाट चुनाव लडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *