होटेलमा युवक-युवती मृत भेटिए

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । तिनाउपारी फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५३६ वर्षका सीताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अञ्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् ।

उनका अनुसार उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए । उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *