बाग्मती प्रदेश : तीन विधेयक प्रमाणीकरण

मकवानपुर । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बाग्मती प्रदेशसभाबाट हालै पारित भई आएको तीनवटा विभिन्न विधेयक आज प्रमाणीकरण गरेका छन्।

उनले प्रमाणीकरण गर्नुभएको विधेयकहरुमध्ये केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ रहेका छन् ।

यसैगरी प्रदेश अुनसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ लाई पनि उनले प्रमाणीकरण गरेका प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *