गायक धनराज चुनाराको तीज गीत ‘देखिन्छौ चिटिक्कै’ सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गायक धनराज चुनाराको तीज गीत ‘देखिन्छौ चिटिक्कै’ सार्वजनिक भएको छ ।

यो वर्षको हरितालीका तीजलाई लक्षित गरि उक्त तीज गीत सार्वजनिक गरिएको हो । गीतमा धनराज चुनारा र मोति सोनीले आवाज दिएका छन् भने शब्द संगीत गायक चुनाराकै रहेको छ ।

शंकरा डिजिटलबाट रेकर्ड गरिएको उक्त गीतलाई कुमार सानु पुनले एरेन्ज गरेका हुन् । चुनाराको उक्त गीतको भिडियोमा दिलिप ओखेडा, मानसिँह खड्का, सोभा चन्द, जमुना समाल फिचर्ड छन ।

मानसिँह खड्काले निर्देशन गरिएको उक्त भिडियो उनकै यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ । यसअघि चुनाराका बाजी ठोकर, तिम्रो रूपले, घाँसै काट्ने ठालि छानेर लगाएत थुप्रै तिज गित तथा लोक दोहोरी गित बजारमा आइसकेका छन

गीत डान्सिङ बिटको राम्रो बनेकाले दर्शकहरुले कम्मर मर्काएर नाच्ने कुरामा आफु विश्वस्त रहेको गायक चुनारा बताउँछन् । दर्शक स्रोताले मन पराए अझै उत्कृष्ट सृजनाहरु बजारका ल्याउने उनको भनाइ छ ।

 

भिडियाे …

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =