आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने छ : देउवा

काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको आगामी निर्वाचनमा बढी सिटमा उम्मेदवारी दिनेभन्दा बढी सिट जित्नेतर्फ हुनुपर्ने बतचाएका छन् ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूका लागि आज सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै देउवाले भने, ‘आगामी निर्वाचनलाई कांग्रेसले सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने अवसरको रूपमा प्रयोग गर्नु पर्छ, निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको छ । सिटको भागबन्डा कसरी गर्ने भन्ने गृहकार्य चलिरहेको छ । हामीले बढी सिटमा उम्मेदवारी दिनेभन्दा पनि बढी सिट जित्नु ठूलो कुरा हो यो कुरा साथीहरूले बुझ्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *