राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर मुलुकको हितमा काम गर्नुभयो : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौँमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको बिधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताए ।

उनले केवल चुनावी स्वार्थका लागि बिदेशीहरुसंगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ बिधेयक ल्याएको आरोप लगाए । यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको बिधेयक एउटै भन्नु सरासर गलत भएको उनले बताए ।

संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता बिधेयक देशको राष्ट्रिय स्वाधिनताको बिपरित रहेकाले मान्य नहुने पोखरेलले बताए । अव नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थीरताको प्रमुख कारक बनेको जिकिर गरे । उनले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको बिरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताए ।

उनले संगठनलाई बलियो बनाउदै पार्टीलाई समेत मजबुद बनाउने गरि काम गर्न अनेरास्ववियुलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *