इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।

जात्राको लिङ्गो काट्न वन यात्रा जाने र रूख काट्ने साइत भदौ १३ गते निस्किएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगलले जानकारी दिए । उनकाअनुसार बिहान ९ः१७ वन यात्रा जाने तथा सोही दिन राती ८ः९ बजे रूख काट्ने साइत छ ।

काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १९ गते बिहान ७ः२४ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिने भदौ २२ गते बिहान ७ः१७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ २४ गते कुमारी यात्रा सुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ २५ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २९ गते नानिचा यात्रा गराइने विधि रहेको छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २९ गते राति ७ः३३ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिले जनाएको हो । जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *