श्रावणको अन्तिम सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

हिन्दु शास्त्रमा श्रावण महिना को भगवान् शिवसँग गहिरो धार्मिक सम्बन्ध छ । हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि भगवान् शिवले हरिबोधिनी एकादशीसम्म एक्लै यो जगतको सृष्टि सञ्चालनको जिम्मा लिन्छन्, भन्ने हिन्दु धर्मावलम्बीहरू विश्वास गर्दछन् ।

श्रावण महिनामा हिन्दुहरू शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धाभक्ति अर्पण गर्दछन् । अझ श्रावणको सोमबार शिवभक्तहरूलाई झन् विशेष हुने गर्दछ । यसदिन शुद्ध हृदयले व्रत बसेर भगवान् शिवको पूजा आराधना गरेमा अन्य दिनको भन्दा कयौँ गुणा बढी फल प्राप्त हुने शिवपुराणमा उल्लेख रहेको पाइन्छ ।

श्रावणको सोमबार व्रत बस्ने वैदिक सनातन धर्मावलम्बीहरूले आज भगवान् शिवकाे पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गर्ने गर्दछन् ।सौर्यमास पात्रो अनुसार यो साल श्रावण महिनामा ५ वटा सोमबार परेको छ ।

जस अनुसार आज श्रावणको अन्तिम सोमबार हो । तर चन्द्रमास पात्रो अनुसार भने जनैपूर्णिमापछि भाद्र महिना लाग्दछ । आज सोमबार, हिन्दुहरूको आराध्यदेव भगवान् पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *