नेपाली क्रिकेटमा सकारात्मक परिवर्तन ल्याउँछाैँ : मुख्य प्रशिक्षक प्रभाकर

काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केही महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा प्रभाकरले नेपाली टिममा देखिएको टेक्निकल कमजोरीलाई सुधार गर्दै केही महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक आउने विश्वास व्यक्त गरे ।

उनले राम्रो ब्याट्सम्यान बन्नका लागि पावर मात्रै सबै कुरा नभएको र टेक्निकल सुधार महत्त्वपूर्ण भएको धारणा राख्नुभयो । विश्वका सफल खेलाडीहरू पावरमा भन्दा पनि टेक्निकल खेल खेलिरहेको उनको भनाई छ ।

उनले एक दिनको नेपाली खेलाडीसँगको बसाइँमा पावरका साथै टेक्निकल कमजोरी सुधार गर्ने क्षमता देखिएको जिकिर गरे । प्रभाकरले आगामी खेलहरूमा शतप्रतिशत नतिजा निकाल्ने गरी तयारी गर्ने बताए ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *