चितवनमा नहरमा डुबेर बालिकाको मृत्यु
२०७९ साउन २९ गते

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं १६ स्थित एकता टोलको नहरमा डुबेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ ।
स्थानीय विमल केसीकी छोरी वर्ष ६ की संस्कृति केसी घरनजिकै रहेको सिँचाइ नहरमा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । खेल्दाखेल्दै उनी अचानक नहरमा खसेकी हुनसक्ने प्रहरीले जनाएको छ ।
नहरमा खसेर बेपत्ता भएको खबर आएपछि चितवन प्रहरीले बालिकाको खोजी गरेको थियो । खोजतलास गर्ने क्रममा अन्दाजी ३ किमी टाढा सेवा केन्द्र टोलनजिकै अचेत अवस्थामा बालिका फेला परेकी थिइन् ।
बालिकाकालाई तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले बालिकाको मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
बालिकाको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








