काठमाडौँको फोहर व्यवस्थापन नभएको भन्दै एमालेले गर्यो प्रदर्शन
२०७९ साउन २९ गते

काठमाडौँ । काठमाडौँको फोहर व्यवस्थापनको कार्य अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले प्रदर्शन गरेको छ ।
विगत तीन चार महिनादेखि काठमाडौँको फोहर उठ्न नसकेको र विभिन्न रोगको जोखिम बढेको भन्दै उनीहरूले आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
अहिले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा कुनै चासो नदिएको आरोप उनीहरूले लगाएका छन् । उनीहरूले फोहरको वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरकारलाई दबाब दिन प्रदर्शन गरिएको बताए ।
प्रदर्शनमा सहभागीले काँग्रेस र गठबन्धनमा रहेका दलका कार्यकर्ताहरूले नै फोहर लैजाने गाडीहरूलाई अवरोध र तोडफोड गरेको आरोप लगाएका थिए ।
उनीहरूले गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौँ सहर फोहोरै फोहोरको सहर, हाम्रो फोहर कहिले उठ्ने, हामी स्वस्थ जीवन बाच्न चाहन्छौ लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








