उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा रहँदैन : दिनेशकुमार थपलिया

काठमाडौँ । उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा नराखिने भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा नराखिने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालेका अनुसार अब जो उमेदवार बन्छ, उसैको मात्र चिह्न मतपत्रमा राखिने बताइएको छ । आइतबार ललितपुरको हिमालय होटलमा आयोजित निर्वाचन आयोग र सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख भने, ‘जो मान्छे उम्मेदवार हुन्छ, मतपत्रमा उसकै चिह्न राख्ने अन्तरराष्ट्रिय मान्यता नै हो। स्थानीय चुनावमा यी कुराहरु आयोगले पालना गर्न नसकेकै हो।’

गत स्थानीय चुनावमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न पनि मतपत्रमा राखिएको थियो। त्यसो गर्दा उम्मेदवार नभएको चिह्नमा मत पर्न गई बदर मतको संख्या बढेको थियो। आगामी मंसिर ४ को चुनावमा निर्वाचन आयोगले यसलाई सच्याउँदै उम्मेदवार नभएको चिह्न मतपत्रमा नराख्ने निष्कर्ष निकालेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =