प्रधानमन्त्रीप्रति ओलीकाे कटाक्ष

‘श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भयाे’ (भिडिओसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरूको ध्यान केन्द्रित भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौँमा राष्ट्रिय आर्थिक मासिकको १२ औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले अहिले मुलुकमा देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भएको बताएका हुन् ।

उनले आफूले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसँग खेलबाड गर्न नहुने बताए ।

त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्य संयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिस गरेको आरोप लगाए । उनले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताए ।

अहिले सबैको ध्यान मुलुकको विकासमा केन्द्रित हुनुपर्ने भए पनि नेताहरूमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले बताए ।

उनले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =