सवारी लाइसेन्सको नयाँ मापदण्ड, ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास (निर्देशिकासहित)

काठमाडाैँ । सरकारले सवारी लाइसेन्सकाे ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास हुने व्यवस्था ल्याएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वनमा ल्याउने निर्णय गरेसँगै ७० प्रतिशत अंकका साथ सवारी ट्रायल उत्तीर्ण गर्न सकिने भएकाे हाे ।

हालै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय गरेको हो ।

यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेको छ । मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन् ।

संसोधनसहित ल्याइएको यो निर्देशिका अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० अंकभारमध्ये न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।

निर्देशिकाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =