शेखर, गगन समूहलाई रचनात्मक विद्रोह गर्न सोहि समूहका युवा नेताहरुको ध्यानाकर्षण

काठमाडौँ । पछिल्लो समय भातृ सस्थामा सभापति शेरबहादुर देउवाले अफू अनुकुलका ब्यक्तिहरुलाई मनोनयन गरे पछि गगन शेखर समूहका युवा तथा विद्यार्थी नेताहरुले आफ्नै समूहका नेताहरुले त्यसको बिरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन।

आफ्नै समुहका नेताहरुलाई घचघच्याई बर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको बताए। लामो समय बिद्यार्थी राजनिति गरेका अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्य,महाधिवेसन प्रतिनिधि,र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर कोईराला,धनराज गुरुङ गगन थापा,अर्जुननरसिंह केसि,डा रामशरण महत,बलबहादुर केसि,सहमहामन्त्री दय बद्रि पाण्डे,जीवन परियार,पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानिनेबिस पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
निरन्जन थापा पुष्कर बास्तोला लक्ष्मि दहाल,बिष्णु खड्का ई।अमृत ज्ञावालि,पेम्बा शेर्पा,ई सागर पाण्डे,विश्व लामा,अधिवक्ता कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका थिए








