कृषिविज्ञ कृष्णप्रसाद पौडेलको चितवन-२ बाट उमेदवारी दिने घोषणा

चितवन । चितवन क्षेत्र नम्बर २ बाट कृषिविज्ञ खाना र खेतीपाती डा.कृष्णप्रसाद पौडेलले उमेदवारी दिने घोषणा गरेका छन् । आज चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी विज्ञ पौडेलले चितवन क्षेत्र नम्बर २ बाट उमेदवारी दिने घोषणा गरेका हुन् । भरतपुर २ क्षेत्रपुरका बासिन्दा डा पौडेल विगतमा नेकपा एमालेको प्राकृतिक स्रोत केन्द्रीय विभाग सदस्य थिए ।

उनी नेकपा विभाजन हुनुअघि केन्द्रीय कृषि विभागका सदस्य थिए । ६० वर्षका पौडेल २०३६ देखि २०३९ सम्म तीन वर्ष नेकपा माले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र युवा दलमा सक्रिय थिए । २०३७ सालमा अनेरास्ववियु पश्चिमाञ्चल कमिटी सदस्यको भूमिका निर्वाह गरेका डा पौडेल अनेरास्ववियु पश्चिमाञ्चल कमिटी सदस्य थिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दिने निर्णय गरेको छु, पार्टीले टिकट दिए पार्टीबाट नत्र अन्य उपायहरु छन् ।’ ३० वर्षभन्दा बढी समय समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा काम गरेका पौडेलसँग विगतमा नेकपा एमालेका विभिन्न समितिमा बसेर काम गरेका लामो अनुभव छ ।

हाल खाना र खेतीपातीका लागि समुदायमा परामर्श गर्दै हिँडेका पौडेलले एमाले पार्टीभित्र मात्रै होइन, नेपाल सरकारले गठन गर्ने विभिन्न समूह र उच्च स्तरीय शिक्षा आयोगको सदस्यको रुपमा काम गरेका छन् । पौडेलले रामपुर, चितवनबाट कृषिमा बिएसस्सी, बेलायतबाट वनविज्ञानमा स्नातकोत्तर, प्राकृतिक स्रोत र मानिसको सम्बन्धको अध्ययनमा विद्यावारिधी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *