आमा,छोरी र छोरा मृत घटना : श्रीमान् पुष्कर पार्की पक्राउ

काठमाडौं । बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनामा प्रहरीले  श्रीमान् पुष्कर पार्कीलाई पक्राउ गरेकाे छ ।

बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीया छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए। मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। अहिले पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गीता पार्कीका माइती पक्षले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङ का प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार राति श्रीमानसँगै खाना खाएकी गीता जब बिहान छोराछोरीसहित तनि जना झुन्डिएको अवस्थामा मृत भेहिएका थिए ।

हाल सो घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =