चीन भन्छ- ‘हामी सधैँ नेपालकाे राष्ट्रिय अखण्डताकाे पक्षमा छाैँ’

काठमाडौँ । चीनले नेपाललाई विकास र समृद्धिमा सधैँ साथ दिने बताएकाे छ । नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले यसबारे ब्रिफिङ्ग गरेकी हुन् । उनले शुक्रबार बिहान सभामुख अग्निप्रसाद सापकाेटालाई भेट गरेका थिए । भेटका क्रममा उनले यसबारे बताएकी हुन् ।’उहाँले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ सभामुख सापकाेटाकाे सचिवालयले भनेकाे छ ।

उनले नेपाल, चीनको असल छिमेकी रहेको बताएका थिए । यस्तै उनले नेपालकाे ‘एक चीन नीति’काे प्रशंसासमेत गरिन् । उनले थपिन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्छ ।’

यस्तै भेटमा सभामुख सापकाेटाले नेपाललाई चीनले निरन्तर सहयाेग गरिरहेकाे भन्दै अझै सहयाेगकाे अपेक्षा भएकाे सुनाउँदा राजदूत यान्छीले नेपालकाे ‘एक चीन नीति’काे प्रशंसा गर्दै चीन सधैँ सहयाेग गर्न तयार रहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =