सरकार र थारू कल्याणकारी सभाका पदाधिकारीबिच छलफल

काठमाडौँ । नेपाल सरकार र थारु कल्याणकारी सभाका पदाधिकारीबिच छलफल भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल सहभागी थिए ।
कल्याणकारी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुक्मिणी चौधरी सहभागी थिए ।
छलफलमा थारु कल्याणकारी सभाले सरकारसँग राखेका मागका सम्बन्धमा कुराकानी भएको थियो । कल्याणकारिणी सभाले राखेका मागबारे भएको छलफल सकारात्मक भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट गृहकार्य गरेर पुनः बस्ने निष्कर्षसहित सकिएको पहिलो छलफल सकारात्मक भएको प्रवक्ता पोखरेलले बताए ।








