आयरल्याण्ड विजयी

काठमाडौँ । घरेलु टोली आयरल्याण्डले अफगानस्तानलाई दोस्रो टी-ट्वान्टीमा पराजित गरेको छ । बेलफास्टमा बिहीबार राति भएको खेलमा पाहुना टोली ५ विकेटले पराजित भएको हो ।

जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोलीले २-० को अग्रता बनाएको छ । अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य घरेलु टोलीले ६ बल बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो । दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *