कांग्रेस नेता प्रदीप गिरीकाे स्वास्थ्य सुधार हुँदै

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे छ । नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गिरीकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे बताएकाे हाे ।

पार्टीका सचेतक मीनबहादुर विश्वकर्माद्वारा प्रकाशित विज्ञप्तिमा गिरीलाई घाँटीकाे क्यान्सर भएकाे उल्लेख गरिएकाे छ ।

गत वर्ष साउनमा बिरामी भएपछि गिरी उपचारका लागि भारतको मुम्बई गएका थिए । उनी भारतकै अस्पतालमा उपचार गराइरहेका थिए । गिरीलाई हालै नेपाल ल्याइएको थियो । उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

विश्वकर्माले भने, ‘प्रदीप गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही समय पहिले नेपाल आउनु भयो। उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *