कीर्तिपुरबाट मध्यरातमा लुटियाे २९ ताेला सुन
मकालु खबर
२०७९ साउन २५ गते
काठमाडाैँ । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित एउटा घरबाट २९ ताेला सुन लुटिएकाे छ ।
मच्छेगाउँस्थित ७५ वर्षीय जेष्ठ नागरिकको घरबाट उक्त परिमाणकाे सुन लुटिएकाे हाे । साउन २४ गते मध्येराति भएकाे लुटपाटमा ४ जना संलग्न रहेकाे प्रहरीले जनाएकाे छ ।
घरमा ३ जना जेष्ठ नागरिक रहेकाे अवस्थामा मध्यराति लुटेराहरू पसेका थिए । तीनजना जेष्ठ नागरिकमध्ये १ जना घुँडाकाे अप्रेसन गरेर बसेकाे तथा २ जना कान सुन्न नसक्ने व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ ।
लुटेराहरूले लाखाैँ रुपैयाँका गरगहनाका साथै १ लाख ५० हजार नगदसमेत लुटेकाे प्रहरीले जनाएकाे छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
मकालु खबर
२०७९ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित