तथ्यांकलाई विश्वसनीय आधार प्रदान गर्न आवश्यक छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले तथ्यांकलाई विश्वसनीय आधार प्रदान गर्न आवश्यक रहेको बताएका छन् । तथ्याङ‍्क विद्येयकसम्बन्धी छलफलमा भाग लिँदै गृह मन्त्री खाणले तथ्याङ‍्क संकलन गर्नु सरकारको दायित्व रहेको बताएका हुन् ।

खाडले तथ्याङ‍्क विद्युतीय प्रविधिमा पनि प्रयोग भइरहेको बताए । उनले भने, तथ्याङ‍्क विभागले ३३ वटा कार्यालय स्थापना गरेको छ । ७७ जिल्ला हेर्नुपर्नेछ । तथ्याङ‍्कीय कार्यालयहरुको क्षमता विकास गर्नुपर्नेछ । सातै प्रदेशमा तथ्याङ‍्क कार्यालयको स्थापनाको व्यवस्थापन गरिएको छ ।

उनले भने, ‘प्रदेशले तथ्याङ‍्क संकलनको व्यवस्था गर्नेछ । स्थानीय तहहरुले तथ्याङ‍्क संकलन, भण्डार, उपयोग र वितरण गर्न सक्नेछन् । तथ्याङ‍्कलाई विश्वसनीय आधार प्रदान गर्नेछ ।तथ्याङ‍्क संकलन गर्नु सरकारको दायित्व हो । तथ्याङ‍्क विवरण उपलब्ध गराउनु सरकारको कर्तव्य हो । देशको विकास निर्माण, अवस्था र अवस्थीतिका लागि तथ्याङ‍्कको भूमिका अग्रणी रहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =