स्वास्थ्य बिमामार्फत् विमितबाट ११ अर्ब संकलन गरेर पनि सरकारले सेवा बन्द गर्यो : सांसद अधिकारी

काठमाडौँ । नेकपा एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका जटिलता हटाएर यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा अधिकारीले स्वास्थ्य बिमा बापतको रकम उपलब्ध नगराएर सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठानमा उक्त सेवा नै बन्द हुने अवस्थामा पुगेको भन्दै यससम्बन्धी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले स्वास्थ्य बिमा कार्यक्रममा विमितहरूबाट ११ अर्ब सङ्कलन भए पनि उक्त सेवालाई बन्द गराउने अवस्थामा सरकारले पुराएको जिकिर गरे । अकारीले स्वास्थ्य बिमामा सरकारले हेलचक्य्राइँ गरेर सरकारले जनताको स्वास्थ्यमाथि खेलबाड धिगर्न खोजिएको बताए ।
त्यस्तै बैठकमा एमालेका अर्का सांसद महेश बस्नेतले ठग र आपराधिक कार्यमा संलग्न भएको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्नुपर्ने बताए । उनले सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा विभिन्न विवादित काम खातीले गरेको आरोप लगाए ।
उनले बालुवाटार प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पेस गरेको फाइल फिर्ता पठाएको, ज्यान मार्ने उद्योगमा कांग्रेसका कार्यकर्ताको मुद्दा फिर्ता लिने लगाएका काम खातीले गरेको बताए ।








