जबराविरुद्ध महाभियोगबारे छानबिन गर्न गठित समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । जबराविरुद्ध महाभियोग समितिको पहिलो बैठक बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे छानबिन गर्न गठित समितिको बैठक अहिले बस्न लागेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो। बैठक दिउँसो १२ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्ने समितिका सदस्यले बताए ।

२२ साउनको संसद बैठकले महाभियोग प्रस्ताव बहुमतले पारित गर्दै महाभियोग सिफारिस समितिमा पठाएको थियो। महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ।

महाभियोग प्रस्ताव प्राप्त भएपछि महाभियोग सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भएकोले पहिलो बैठक बस्न लागेको ती सदस्यले जानकारी दिए।

आजको बैठकले महाभियोग सिफारिस समितिले संयोजक तोकेर आवश्यक कार्यविधि बनाउन सक्नेछ।समितिले कारबाही सुरु गरेपछि सात दिनभित्र आरोपितलाई लागेको आरोपको सफाइ पेस गर्ने मौका दिन सक्नेछ।प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =