संसदले अझै थुप्रै कानुनहरू बनाउने कानुनमन्त्री बन्दीकाे भनाइ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभाको चालु अधिवेशन अझै केही समय चल्ने बताएका छन् । चालु अधिवेशनले थुप्रै कानुन बनाउने पनि उनले बताए ।

खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणा गरिसकेको अवस्थामा सरकारले संसदलाई विजनेश दिन मिल्दैन भनी प्रश्न उठाइरहेका बेला कानुनमन्त्री बन्दीको यस्तो भनाई आएको हो ।

मंगलबार प्रतिनिधिसभामा बोल्ने सांसदहरुले निर्वाचन सम्बन्धी कानुन संशोधनको आवश्यकता औंल्याएका थिए । कतिपय सांसदले चालु अधिवेशनमै नयाँ विधेयक ल्याएर कानुन बनाउन सकिने/नसकिनेमा संशय व्यक्त गरेका थिए । जवाफमा मन्त्री बन्दीले भने, ‘ यो पार्लामेन्ट अझै चल्छ । थुप्रै कानुनहरु बनाउँछ ।’

निर्वाचन आयोगका अनुसार आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार पारेको छ । तयार मस्यौदामा प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचनमा दलहरुले ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने विषयलाई समावेश गर्नुपर्ने महिला सांसदहरुको प्रस्ताव छ । तर, प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्दै समाजमा रहेका विभेदलाई सामाजिक, सांस्कृतिक रुपमा रहेका कमिकजोरीलाई अभियानकै रुपमा चलाएर अगाडि जानुपर्ने मन्त्री बन्दीको जवाफ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *