कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई साउन ३० देखि प्रशिक्षण दिने

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। यही साउन ३० र ३१ गते ललितपुरमा कार्यक्रम आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनेछन्।

सो अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख, पालिकाका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =