तलबमा विभेद गरेको भन्दै गण्डकीका कर्मचारीको धर्ना
२०७९ साउन २४ गते

पोखरा । तलबमा विभेद गरिएको गुनासो सहित गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरूले विरोध स्वरूप धर्ना दिएका छन् । पोखरा सहिद चोकमा २ सय भन्दा बढी कर्मचारी भेला भएर विरोध जनाएका हुन् ।
सरकारले सबैको एकमुष्ट १५ प्रतिशतका दरले तलब बढाउने बजेट भाषण मार्फत व्यवस्था गरेको थियो । पछि मर्यादाक्रम मिलाउन भन्दै अधिकृत स्तरसम्मको तलब बढी थपेको र राजपत्र अनङ्कितहरूको तलब कम गरेको थियो ।
राज्यले कर्मचारीको पदका आधारमा विभेद गर्न नहुने भन्दै आन्दोलन गरिएको निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।
यस्तै निजामती विधेयकमा पनि राजपत्र अनङ्कितलाई बढुवा लगायत बुँदामा विभेद गरेको कर्मचारीहरूको आरोप छ ।
२०७९ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








