मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वुद्धशान्ति गाउँपालिका–२ रबरबगानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

जयपुरबाट शनिश्चरे तर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका– ७ बस्ने ६२ वर्षीया लक्ष्मीमाया कार्कीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ४४ वर्षीय सुमन कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *