ब्राउन सुगरसहित सुनसरीबाट चारजना पक्राउ

विराटनगर । सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ परेका छन् । उनीहरू लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ४ का २७ वर्षीय सिर्जना ओझा, २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा सहिद भूमि गाउँपालिका ५ घर भई हाल इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा १ ग्राम १५० मिलि ग्राम ब्राउन सुगर र ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूले दिएको सूचनाको आधारमा विर्त सिंह राई र उनकी श्रीमती पबिता राईबाट ६ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरीको भनाई छ । ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिँदा करुवा भित्र लुकाई राखेको अवस्थामा फेला पारिएको थियो तथा डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको सम्बन्धमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *