गठबन्धन नेपाली जनताको हितमा छैन : पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलीय गठबन्धन नेपालको हितको लागि नभएको बताएका छन् । अहिलेको आर्थिक अवस्थाले पनि नेपाली जताको लागि वर्तमान पाँच दलीय गठबन्धन उपयुक्त नभएको बताएका हुन् ।

बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले पाँच दलीय गठबन्धनले देशलाई श्रीलङ्काको बाटोतर्फ लग्ने टिप्पणी गरे । महँगी दोब्बरभन्दा बढी वृद्धि भएको तथा पुँजीगत खर्च लज्जास्पद रहेको अवस्थामा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको पोखरेलको भनाई छ ।

दुनियाँमा कुनैपनि देशमा गठबन्धनले समृद्धि नल्याएको दाबी गरेका पोखरेलले विकासको लागि नीतिगत नेतृत्व चाहिने तर्क गरे । ‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ, उनले भने, काँग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ ।’

निर्वाचनबाटै जनताले अव छिनोफानो गर्ने बताएका छन् । महासचिव पोखरेलले चुनावको मिति घोषणा भएपछि संसद्को भूमिका स्वतः निष्क्रिय हुने बताए । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको पोखरेलको भनाई छ ।

फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीश माथि महाअभियोग लगाइएको पनि उनको दाबी छ । एउटालाई दोषी देखाएर अर्को पानी माथिको ओभाने बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत भएको दाबी पोखरेलको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *