साउनको चौथो सोमबार भगवान् शिवको विशेष पूजाआजा

काठमाडौँ । साउन महिनाको चौथो सोमबार आज हिन्दु धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरू शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन छ । विशेषगरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

व्रत बस्दा के खाने के नखाने ?
सोमबार व्रत बस्दा आलु ,दही आलु खान सकिन्छ । त्यस्तै बर्त समाप्त भएपछि खाना खान मन नभएको खण्डमा आँटाको रोटी बनाई आलुसँग खान सकिन्छ ।

व्रतको दिनमा फलफूल र फलफूलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनेले केही चिजहरू भने खान सकिन्छ । व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रूपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा बढी चाहिने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।

व्रत बस्दा दूधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुँदैन । त्यस्तै व्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मिर्गौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले व्रत बस्न हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *