प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा

काठमाडौँ । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।

बैठकमा महाभियोग प्रस्ताव महाभियोग सिफारिस प्रस्ताव समितिमा पठाइयोस् भन्ने सभामुखको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

अव समितिले तीन महिनाभित्र सदनमा प्रतिवेदन पेस गर्नुपर्नेछ । प्रधानन्यायाधीश १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *