४० वर्षीय महिलालाई बलात्कार गरेकाे अभियाेगमा १८ वर्षीय किशाेर पक्राउ

गुल्मी । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका ७ सिलादी बस्ने १८ वर्षीय किशोर रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

किशोरले ती महिलालाई मालिका गाउँपालिका ६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *