चेल्सी र टोटेनहमको विजयी सुरुवात


काठमाडाैँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को पहिलो खेलमा टोटेनहम हट्सपरले सानदार सुरुवात गरेको छ । घरेलु मैदानमा सुरुवातमै पछि परेपनि टोटेनहमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्यो ।
टोटेनहमको जितमा रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गर्दा एक गोल आत्मघाती गोल भएको थियो । साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले सुरुवाती अग्रता दिलाएका थिए ।
अर्को खेलमा चेल्सीले एभरटनमाथि १-० को सङ्घर्षपूर्ण जित निकालेको छ । पहिलो हाफको इन्ज्युरी समयमा जोर्जिन्होले पेनाल्टीबाट गरेको गोल नै निर्णायक रह्यो । योसँगै चेल्सी लिगमा विजयी सुरुआत लिन सफल रह्यो । एभरटनको घरमा चेल्सी विजयी रहेको यो पाँच वर्षयताकै पहिलोपल्ट हो ।
प्रिमियर लिगको नतिजाहरु :
आर्सनल २-० क्रिस्टल प्यालेस
फुल्हम २-२ लिभरपुल
बर्नमाउथ २-० एस्टन भिल्ला
लिड्स युनाइटेड २-१ वल्भ्स
न्युकासल युनाइटेड २-० नटिङहम फरेस्ट
