ख्याल-ठट्टामै म तिम्रो…

ख्याल-ठट्टामै म तिम्रो…

ख्याल-ठट्टामै म तिम्रो मायाको बन्धनमा परेँ

तिमीसँगै कुराकानी गर्दा गर्दै तिम्रो घरमा पुगेँ

आफ्नै लाग्छ यहाँका यी वस्तीहरू

घुमिरहन मन लाग्छ हेरेर वनपाखाहरू

निर्मल स्वच्छ प्रकृतिसँग आनन्द लिनेछु मैले

त्यो दिलमा भएको माया बल्ल चिनेँ मैले

ख्याल-ठट्टामै म तिम्रो मायाको बन्धनमा परेँ

यो भीडमा पनि तिमीलाई देखेको छु मैले

यो बर-पिपलको छहारीमा वास गरेको छु मैले

माया गर्ने सुन्दरी तिमीलाई चिन्दछु म अहिले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *